महेन्द्रनगरः कञ्चनपुरको महेन्द्रनगरमा रहेको मदनचोक बन्द गरिएको छ। व्यवापारीहरुले महेन्द्रनगरको केन्द्र मदनचोकबाट राजमार्गतर्फ जाने बाटो बन्द गरेका हुन्।
उनीहरुले महेन्द्रनगरको बजार क्षेत्रका अन्य सडकको निर्माण लगभग पूरा हुँदा पनि नगरको मुख्य चोक अलपत्र परिएको बताएका छन्। चोक अलपत्र बनेपछि पानी जम्ने, ढुंगा उछिट्टिएर सटरहरुमा लाग्ने भएपछि आफूहरुले बसपार्कतर्फ जाने बाटो बन्द गरेको व्यापारीहरुले बताएका छन्।
आक्रोशित व्यापारीले बन्दको अवज्ञा गर्ने केही मोटरसाइकल चालकमाथि हातपातसमेत गरेका छन्। भीमदत्त नगरपालिकाको ४ नम्बर वडाका अध्यक्ष सुशिल भट्टले सडकका ढुंगा हटाउन गरेको अनुरोधको वास्ता नगरेपछि सडक नै बन्द गर्न बाध्य हुनुपरेको व्यापारीहरुको कथन छ ।