काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीहरूलाई ड्रेस, परिचयपत्र अभियान शुरु गरेको छ ।
मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा सवारी चालक र सहचालकलाई परिचय पत्र, ड्रेस हस्तान्तरण गरे ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक बसको सफाइको प्रतिबद्धता जनाएको छ ।
राजधानी काठमाडौंमा रहेका सबै सवारी साधनमा अब ड्रेस र सफाइ अभियान सञ्चालन हुने भएको छ ।