काठमाडौँ ः राष्ट्रिय स्वतन्त्र पार्टी मेलौली नगर समितिले वडा नं २ मा वडास्तरीय तदर्थ समिति गठन गरेको छ । गणेश दत्त जोशीको सभापतित्व ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिएको मेलौली नगर समिति सभापति अर्जुनदत्त भट्टले जानकारी दिए ।
रास्वपाका जिल्ला संयोजक प्रकाशचन्द्र भट्टकोे प्रमुख आतिथ्यतामा वडा समिति गठन गरिएको हो । यसैगरी मेलौली नगर समितिका सभापति अर्जुनदत्त भट्ट, उपसभापति इन्जिनियर कृष्णदत्त ओझा, सचिव मनिदत्त ओझा लगायत सदस्यहरूको सहभागिता रहेका थियो । वडा स्तरीय तदर्थ समिति चयन प्रक्रियामा करिब ३५ जनाको सहभागिता बताइएको छ । शनिबार वडा नं ७ का वडास्तरिय तदर्थ समिति गठन गर्ने तयारी छ ।
रास्वपाप्रति स्थानीय युवाहरुको सक्रिय सहभागिता रहेको मेलौली नगरकमिटिले जनाएको छ । सबै वडामा तदर्थ समिति गठन गरिसकेपछि नयाँ ढंगबाट कार्यक्रम अघि सारिने बताइएको छ ।
यसैगरी उक्त वडा समिति गठन कार्यक्रममा सहभागि रास्वपाका नेता कार्यकर्ताहरुले मेलौली २ कै शिवालय र धरमघर मावि परिसरमा वृक्षारोपण गरेका थिए । डालेघाँस, अम्भा, चिउरी, दाल्चिनका करिब १५० विरुवा रोपिएको नगर सभापति भट्टले बताए ।
मेलौली नगर समितिले सामाजिक कार्यमा अग्रसर भइरहेको छ । केहिदिन पहिले केशरपूर स्वास्थ्य केन्द्रलाई स्तरिय डस्टबीन सहयाग गरेको थियो । आर्थिक अभावमा उपचार गर्न समस्यामा परेकाहरुलाई पनि सक्दो सहयोग गरिरहेको छ । starbuletin