काठमाडौँ : बिधायालय तहका बालबालिकाहरूलाई राजनितिक स्वार्थका लागी प्रयोग नगर्न भन्दै संसद शाहीले शिक्षा मन्त्री अशोक कुमार राईलाई ध्यानाकर्षण पत्र बुझाएकाछन । उक्त ध्यानाकर्षण पत्रमा नेपालका मै हु भन्ने दलहरूले नै संविधान र ऐन कानुनको उलङ्गघन गरेको बताएका छन । शाहीले बुझाएको पत्र अनुसार जुम्ला जिल्लाका बिभिन्न विधालयहरूमा राजनितिक दलका भातृ संगठनले विद्यालयतहका छात्रछात्राहरूलाई विभिन्न दलगत कार्यक्रममा सहभागी गराउने कार्य भईरहको बताएकाछन ।
उनले भने विभिन्न दलका भातृसंगठनहरुले बालबालिकाको नैसर्गिक अधिकारको हनन गर्ने, शिक्षा माथि गलत हस्तक्षेप गरी विधार्थीहरूको भविष्य माथि खेलवाड गर्ने कार्य भएको बताउदै जुनसुकै पार्टी, संघ संगठन भए पनि चाँडो भन्दा चाँडो कार्बाहीको दायरामा ल्याई यस्ता गलत क्रियाकलाप रोक्न मन्त्री को गम्भिर ध्यानाकर्षण गराएका छन । उनले भने नेपालको संविधानमा रही राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा २१ अन्तर्गत राजनितक गतिविधिमा बालबालीकालाई प्रयोग गर्ननहुने स्पष्ट भनिएता पनि तर नेपालका केही राजनितिक दलहरुले संविधान र राजनितिक दल सम्बन्धी ऐनको ठाडो उल्ङ्गघन गरेको बताएका छन । साथै उनले भने सम्बनधित विद्यालयका व्यवस्थापक र प्रधानाध्यापक माथी कारवाही गर्न मन्त्रीलाई ध्यानाकर्षण गरेको बताउनु भएको छ। पत्र