बैतडीको डिलासैनी गाउँपालिकाले आफ्ने गान, निशान र नारा बनाउने भएको छ । एक सूचना जारी गर्दै गाउँपालिकाले रचनाका लागि आह्वान गरेको छ ।
गाउँपालिकाले आफ्नै मौलिक पहिचानलाई जोड दिदै गान, निशान र नारा बनाउन लागेको हो । रचनाकारले एक महिनाभित्र सम्पर्क गर्न सक्नेछन् ।
गाउँपालिकाको विशिष्ट र मौलिक पहिचाँन झल्किने खालको रचना तयार पार्नुपर्ने जनाइएको छ ।
डिलासैनीको पाकृतिक संरचना, धर्म, रीति संस्कृति, सम्भावनाका क्षेत्र, र समग्र डिलासैनीको पहिचान झल्किने खालको सामाग्री तयार पार्नुपर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए । गान, निशान र नारा तयार पार्ने रचनाकारलाई उचित पुरस्कारको पनि वयवस्था गरिएको गाउँपालिका अध्यक्ष जोशीले बताए ।
३० दिनभित्र रचनाकारले सम्पर्क गर्नसक्नेछन् । त्यसपछि पालिकाले छनौट समिति गठन गरी त्यसपछि प्रक्रियामा अघि बढ्ने गाउँपालिकाले जनाएको छ ।