बैतडी । मेलौली नगरपालिकाले यू–१६ विजेता खेलाडी नरेन भट्टलाई सम्मान गरेको छ। केहि दिन पहिले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका खेलाडी भट्टलाई मेलौली नगरपालिकाले सम्मान गरेको हो।
मगंलबार एक कार्यक्रमका बिच एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका खेलाडी भट्टलाई नगरपालिकाले सम्मान गरेको नगर-प्रमुख भिम बहादुर चन्दले बताए। नगरपालिकाले भट्टलाई दोसल्ला सहित ५० हजार दिने निर्णय गरेको नगर प्रमुख चन्दले बताए।
ओपनर ब्याटर नरेन मेलौली नगरपालिका–०७ काँडाका हुन्। भट्टले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। एसिसी यू १६ मा ब्याटर भट्टले मलेसिया संगको फाइनल खेलमा ८९ बलमा १० चौका र २ छक्का सहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए।
भट्टले आफ्नो क्षमता र खेल कौशलता मार्फत नगरपालिकाको र दशकै शिर उच्च पारेको नगर प्रमुख चन्दले बताए। भट्टको आगामि खेलकुद यात्रा अझ सफल बनोस भनि नगरपालिकाले शुभकामना ब्यक्त गरेको छ।
सम्मान कार्यक्रममा नगर-प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो। सोमबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी मेलौलीले पनि भट्टलाई सम्मान गरेको थियो।