राष्ट्रिय स्वतन्त्र पार्टी मेलौली नगर कमिटीले क्रिकेटर नरेन भट्टलाई सम्मान गरेको छ । एसिसी यू-१६ इस्ट जोन कपमा भट्टले उत्कृष्ट प्रदर्शन गरेको भन्दै सोमबार गृहनगर बैतडीको मेलौलीमा भट्टलाई सम्मान गरिएको हो । आफ्नो प्रतिभाले राष्ट्रलाई पुर्याएको महत्वपुर्ण योगदानको कदर गर्दै सम्मान गरिएको रास्वपा नगरकमिटी सभापति अर्जुन्देव भट्टले जानकारी दिए ।
एसिसी यू१६ मा शिर्ष क्रममा शीर्षक्रमका ब्याटर भट्टले मलेसिया संगको फाइनल खेलमा ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए ।
उक्त खेलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपालले एसिसी यू१६ इस्ट जोन कपको उपाधी जितेको थियो ।