परराष्ट्रमन्त्री एनपि साउद आज थाइल्यान्ड जाँदैछन्।
थाइ स्माइल एअरवेजको विमानबाट आज दिउँसो१ बजे उनी बैंकक प्रस्थान गर्नेछन्।
परराष्ट्रमन्त्री साउद बैंककमा हुने बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन जान लागेका हुन्।
कार्यक्रम सकेर मंगलबार (साउन २१ गते) स्वदेश फर्कने कार्यतालिका छ।