एजेन्सीः दक्षिण कोरियामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ र हजारौं नागरिक विस्थापित भएका छन्।
तीन दिनसम्म लगातार परेको भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो, विद्युत अवरुद्ध र कतिपय भौतिक पूर्वाधार क्षति भएका छन्। शनिबार मध्यउत्तरी क्षेत्रको चुङचेओङ प्रदेशस्थित एक बाँध भरिएर पानी खसेको थियो। प्रधानमन्त्री हान डक सुले सेनालाई उद्दार कार्यमा सहायता गर्न निर्देशन दिएका छन्।
त्यहाँ १० जना हराइरहेका छन् भने अरु धेरै घाइते भएका कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ। हजारौं नागरिक स्थानीय सरकारको निर्देशनपछि घर खाली गरेर सुरक्षित स्थानतर्फ गएका छन्। शनिबार विहान साढे ६ बजे गोयसान बाँध भरिएर पानी खस्न थालेपछि ६ हजार ४०० जनाले निवास छाडेका योनहापले उल्लेख गरेको छ। साथै त्यहाँको रेल सेवा समेत बन्द भएको छ।Dinesh khabar