कैलाली । सुदूरपश्चिम प्रदेश सरकार र सत्ता गठबन्धनका नेताहरू बिचको छलफल सकारात्मक दिशा तर्फ केन्द्रित भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा सांसदका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्रीले कमल बहादुर शाहले बताएका थिए ।
आजै संसद् बैठकमा सांसदहरूको माग सम्बोधन हुने गरी सम्बोधन हुने तयारी भइरहेको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।
सरकारसँग सत्ता गठबन्धनका दलहरू बिचको वार्तामा पूर्वाधार विकास कार्यक्रममा थप २ करोड दिन सरकार तयार भइसकेको छ ।
बजेटमा पुर्वाधार बिकास कोषको नाममा प्रति सांसद ३ करोड दिने असार १ गरेको बजेटमा उल्लेख थियो । अब थप गरिए प्रति निर्वाचन क्षेत्र ५ करोड पाउने छन् ।
दोहोरिएका योजना हटाउने कार्य सम्पादन भइसकेका योजनाहरू हटाउने विषयमा छलफल भएको थियो । बजेटमा सन्तुलन नभएका विषयहरूलाई सम्बोधन गर्ने विषयमा छलफल भएको थियो ।
बैठकमा माओवादी संसदीय दलका नेता खगराज भट्ट, उपनेता अक्कल रावल प्रमुख सचेतक मनाबहादुर धामी लगायतका सांसद थिए । नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरी, रामेश्वर चौधरी, कैलाश चौधरी खुसीराम चौधरी लगायतका सांसद थिए ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट दलका नेता दीर्घ सोडारी, उपनेता प्रकाश रावल थिए । वार्तामा मुख्यमन्त्री सहित सरकारका सबै मन्त्री उपस्थित थिए ।
सत्ता गठबन्धनको बैठक पछि अहिले सत्ता गठबन्धनका दलहरू एकल बैठकमा जुटेका छन् ।
सरकारको तर्फबाट अर्थमन्त्री नरेश बहादुर शाहीले आजको संसद् बैठकमा सांसदहरूको माग सम्बोधन गर्ने गरी उठेका प्रश्नहरू माथि जवाफ दिने छन् ।
अहिले सम्म बजेटका विरोधमा रहेका दलहरू त्यसपछि फेरी छलफलमा जुट्न सक्ने बताइएको छ ।
यस अघि माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले यथास्थितिमा बजेटको समर्थन गर्न नसकिने निर्णय गरेका थिए । तिनै दल सत्ता गठबन्धनका घटन हुन् ।
सत्ता गठबन्धनकै सांसदको बिरोधका कारण असार १ गते प्रदेश सरकारले आएको बजेट अहिले सम्म पारित हुन सकेको छैन ।