काठमाडौँ ः बैतडीको सिगास गाउँपालिकाले छानो मर्मतको योजनामा सेवाग्राहीले ढाटेर अनावश्यक दुःख दिएको पाइएको छ । योजना परेको भन्दै वडा कार्यालयको सिफारिस लगेर गाउँपालिको केन्द्र पुगेकि वडा नं १ की बिन्दु बिक रित्तोहात घर फर्किएकी छन् । ६ महिनाको दुधे बालक छोडेर वडाको सिफारिस सहित गाउँपालिकाको केन्द्र पुगेकी बिन्दु बिक योजना नै नपरेको भन्दै गाउँपालिकाले रित्तो हात फर्काएको हो ।
असार २३ गते गाउँपालिकाको कार्यालय पुगेकी बिन्दु २४ गते रित्तोहात फर्र्किएकी हुन् । ‘६ महिनाको दुधेबालक छोडेर एकदिनको पैदल हिनेर पालिकाको केन्द्र पुगे, त्यँहा तपाईको कुनै योजना छैन भनेर फर्काइयो, दोश्रो दिन रित्तै फर्किए,’ ।
वडा नं १को कार्यालयबाट छानो मर्मतको योजना परेको भन्दै सिफारिस गरेको छ । सोही सिफारिस बोकेर बिन्दु सम्झौताको लागि पालिकाको केन्द्र गर्जे पुगेकी हुन् । तर गाउँपालिकाले तपाईको नाममा कुनै छानो मर्मतको योजना छैन भनेर रित्तो हात फर्काइएको हो ।
वडा कार्यालयबाट ५ सय रुपैया सिफारिस सुल्क तिरेकी बिन्दुले ३ वटाको फोटोकपीको ३ सय रुपैया तिरेकी छन् । ‘नागरिकता, घरको छानो देखिने फोटोकपी र लालपुर्जाको फोटोकपी गरेकी हु, गाउँपालिकाको केन्द्र गर्जेमा रहेको एक पसलमा ३ सय रुपैया तिर्नुप¥यो,’ । गर्जेमा केहि सिमित फोटोकपीका पसलहरु रहेकाले व्यापारीहरुले अश्वभाविक रुपमा रकम असुल्ने गरेका छन् । फोटोकपीका लागि अन्त जाने कुनै विकल्प नहुने र फोटोकपी पनि नगरीनहुने अवस्थामा यसरी मनलाग्दी सुल्क लिने गरेका हुन् ।
बिन्दुको चुहिन जिर्ण घरमा बसी रहेकी छन् । उनले मर्मतको लागि वडा पालिका र गाउँपालिकासँग हारगुहार गर्दै आएकी थिइन् । वडा कार्यालयले छानो मर्मतको लागि योजना परेको भन्दै सिफारिस बनाएर सम्झौताका लागि जान भनिएको थिया । तर गाउँपालिकाले उनलार्य रित्तै फर्कादिएको छ ।
यता वडा अध्यक्ष रामचन्द्र ऐरीले रोजगार सेवा केन्द्रबाट बिन्दुको नाम आएको र सिफारिससाथ पठाइदिन भनेको हुनाले सिफरिस गरिएको बताए । ‘रोजगार सेवाकेन्द्रबाट सिफारिस गरेर पठाउन भनेको हो, त्यसपछि यहाँबाट सिफारिस गरेर पठाइदिए, तर त्यहाको लिस्टमा बिन्दुको नाम नरहेछ,’ ।
यता रोजगार सेवा केन्द्रका प्रतिनिधिहरुले फोन मार्फत भएको कुराकानीको आधारमा गलत सुचना गएको स्वीकार गरेको छ । ‘योजना काट्ने राख्ने हाम्रो हातमा होइन्, सहरी विकास कार्यालय डोटीबाट नै उनको नाम आएन,’ रोजगार सेवा केन्द्रका प्रमुख राजेन्द्र सिंह धामीले भने ।
Starbuletin