मेलौली नगरपालिकाका दुईओटा वडाले आजबाट आफ्नै भवनमा सेवा दिने भएका छन। भाडाको घरबाट सेवा दिदै आएका मेलौली नगरपालिका-०४ र ०६ ले आजबाट आफ्नै नवनिर्मित वडा कार्यालयबाट सेवा दिने भएका हुन।
शुक्रबार दुईटै वडाका नवनिर्मित भवनको उद्घाटन गरिएको छ। मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा वडा नम्बर–०६ को नवनिर्मित भवनको उद्घाटन गरिएको हो। आर्थिक बर्ष २०७८/०७९ को नगरसभाबाट वडा कार्यालयको लागि बजेट बिनियोजन गरिएको थियो। भवन निर्माणका लागि ४३ लाख ७० हजार रुपैया खर्च भएको वडा अध्यक्ष तारादत्त भट्टले बताए।
मेलौली नगरपालिका-०४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन नगर उप–प्रमुख पार्वती बोहरा बिष्टले गर्नुभएको हो। आर्थिक बर्ष २०७८/०७९ को नगरसभाबाट वडा कार्यालयको लागि बजेट बिनियोजन गरिएको थियो। भवन निर्माणका लागि ४४ लाख रुपैया खर्च भएको वडा अध्यक्ष हर्क बहादुर चन्दले बताए।
नव निर्मित भवनबाटै वडाबासिलाई मुस्कान सहितको सेवा प्रवाह गरिने वडा अध्यक्षहरुले बताएका छन।