मेलौली नगरपालिको–६ ले अब आफ्नै भवनबाट सेवा दिने भएको छ। शुक्रबार नवनिर्मित भवनको उद्घाटन गर्दै वडाले आफ्नै कार्यालयबाट सेवा दिने भएको वडा अध्यक्ष तारादत्त भट्टले बताए।
मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा वडाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो। आर्थिक बर्ष २०७८/०७९ को नगरसभाबाट वडा कार्यालयको लागि बजेट बिनियोजन गरिएको थियो। भवन निर्माणका लागि ४३ लाख ७० हजार रुपैया खर्च भएको जनाईएको छ।
आज सम्म वडाले भाडाका घरवाट सेवा दिइरहेको र अवका दिनमा आफ्नै भवनबाट सेवाग्राहिलाई सेवा दिईने वडा अध्यक्ष भट्टले बताए। नव निर्मित भवनबाटै वडाबासिलाई मुस्कान सहितको सेवा प्रवाह गरिने वडा अध्यक्ष भट्टले बताए।
उद्घाटन समारोहमा नगर प्रमुख, वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी, राजनीतिक दल,सञ्चारक्रमि एवंम सर्वसाधारणको सहभागिता रहेको थियो। यसैगरी वडाले आजै आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम पनि सम्पन्न गरेको छ।