बैतडी– बैतडीको मेलौली नगरपालिका वडा नम्बर १ का स्वयमसेविकाहरुलाई सम्मान गरिएको छ । वडा नम्बर १ को कार्यालयले वडामा रहेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको हो ।
शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै वडाअध्यक्ष सरदसिंह नेगिको प्रमुख आतिथ्यतामा वडाका स्वयमसेविकाहरुलाई सम्मान सहित आर्थिक हस्तान्त्रण गरिएको हो ।
आफ्नो क्षेत्रमा खटीएर काम गरिरहेका स्वयमसेविकाहरुलाई थप प्रोत्साहित गर्न तथा उनीहरुको मनोबल उच्च बनाउन सम्मान गरिएको वडा अध्यक्ष नेगिले बताए ।
वडामा रहेका १२ जनालाई सम्मानपत्र सहित आर्थिक रकम हस्तान्त्रण गरिएको उनले बताए ।