बैतडीमा आमा गुमाएका बालबालिकाहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको मेलौली ७ बनालीका आमा गुमाएका बालबालिकाहरुलाई सो सामग्री वितरण गरिएको हो ।
बुधबार विभिन्न सहयोगीहरुबा संकलित १०हजार ९ सय ५० मुल्य बराबरको रकमबाट पोशाक र शैक्षिक सामग्री वितरण गरिएको राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाका मेलौली नगर सभापति अर्जुन दत्त भट्टले जानकारी दिए ।
यहि असार १७ गते आँप टिम्पने क्रममा लडेर ज्यान गुमाएकी कमला चन्दकका दुई छोरा एक छोरी छन् । कमलाका छोरा कक्षा ८ मा अध्यानरत रहेका र ४ वर्षिया छोरी छिन् । केहि राहत होस भने पोशाक र शैक्षिक साग्री वितरण गरिएको सभापति भट्टले बताए । यय अघि रास्वपा मेलौली नगर कमिटिले वडा नां ४ मा मुटु पीडितलाई पनि आर्थिक सहयोग गरेको थियो ।