सोमबार मेलौलीमा भएको बस दुर्घटना परि घाईते भएका मध्ये ३ जनालाई भारतको बरेली रेफर गरिएको छ। बस चालक पञ्चेश्वर गाउँपालिका-०६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिबनाथ गाउँपालिका-०१ का ५५ बर्षीया मन्दिर सिह साउद र शिबनाथ गाउँपालिक-०५ का बिनोद दमाईलाई भारतको बरेलीमा उपचारका लागि रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
यसैगरी धनगढीको माया मेट्रो अस्पतलमा १० जनाको उपचार भईरहेको छ। शिबनाथ-५ का गोरख सिह साउद, शिबनाथ-५ कै सगिता रावत, कञ्चनपुरकि दिपिका भट्ट, मेलौली-३ का बिसन भट्ट, शिबनाथ-५ कै मिना चन्द, शिबनाथ-३ का भरत सिह साउद, पाटन-१ का चन्द्रदेब पन्त, पञ्चेश्वर-७ कि पार्वती भण्डारी र उनका छोरा कृष भण्डारी र मेलौली-४ का अमित चन्दको उपचार भईरहेको छ
घाईतेहरु मध्ये ३ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ। पञ्चेश्वर-३ का कृष्णा शाहि, सोहि ठाउँका खडक बहादुर चन्द र सेतु चन्दको उपचार भईरहेको र बाकि घाईतेहरुलाई डिस्चार्ज गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो।
पञ्चेश्वरबाट महेन्द्रनगर जादैं लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर एकजनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए। पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा सोमबार नै मृत्यु भएको हो।
ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको बस रुखमा अड्किएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको जनाएको छ।