काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थिव शरीर नर्भिक अस्पतालबाट निकालिएको छ । अन्तिम श्रद्धाञ्जलीका उनको पार्थिव शरीर पार्टी कार्यालय पेरिसडांँडा राखिनेछ ।
दुई छोरी रेनु र गंगासहित प्रचण्ड भावविह्वल अवस्थामा अस्पतालबाट निस्किएका छन् ।
सीताको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
बुधबार बिहान सीताको नर्भिकमा निधन भएको थियो ।