काठमाडौं । ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मालपोत कार्यालयका तत्कालीन नासु योगराज पौडेल र खरदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरू काठमाडौंबाट पक्राउ परेको जनाइएको छ ।
योसँगै ललिता निवास प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या १४ पुगेको छ । सीआईबीले ललिता निवास जग्गा हिनामिनामा सरकारी कीर्तेमा अनुसन्धान गरिरहेको छ ।