काठमाडौँ ः बैतडी जिल्ला मेलौली नगरपालीकाका नगर प्रमुख भिम ब. चन्द उर्फ (भूकम्प)को कार्यशैली जनताको हित बिपरित गर्दै आएको हुनाले साेहि नगरका युवा नेता प्रकाश सिंहले राजिनामा माग गरेका छन।
उनले एक अन्तरवार्तामा आफु कुनै पक्ष विपक्षमा टिकाटिप्णी गर्नु भन्दा सामाजिक सत्भावना राख्ने मान्छे हु । तर गलत भनेको गलत हो सत्य भनेको सत्य नै हुन्छ। मेयर भुकम्पले जनताको आँखा अगाडी नै जनता झुक्काउदै चुनाब जित्न त जिते तर उनले निमार्ण हुने प्रक्रियामा रहेको मेलौली १५ सैयाको आधारभुत अस्पतालका बिषयमा निर्माण हुन नदिने र जनताका बिच झगडा गराईरहने फन्डा गरिरहे तर पनि पटकपटक मेयरलाई सत्य र जनहितमा निर्णय गरेर अस्पताल निर्माणको काम अगाडी बढाईयोस भन्दै ध्यान आकषर्ण गरे ता पनि उक्त कुरा टार्दै जनताको स्वास्थ्य माथि ठुलो खेलवाड भएको गम्भिर आरोप लगाएका छन । उनले भने दुखका साथ भन्दैछु आज मात्रै नगरपालीकामा ठुलो बस दुर्घटना भएको छ स्वराड दुखमा रहेको छ । हामी सबै स्वराड बासि पिडामा छौ। तर आज अस्पताल अभावकै कारण घाईतेहरूले बिटाटिन र पट्टि अर्थात प्राथमिक उपचार समेत पाएनन, यदि घाईतेहरूले नजिकै उपचार गर्ने व्यवस्था भएको भए मृत्यु भएकाले मर्नु पर्दैनथ्यो घाईतेहरूले ४ घण्टा टाढा रिफर हुनु पर्ने थिएन । आज यस्तो अवस्था आउनु को मुख्य कारण स्थानिय सरकार र मेयर नै हुन।
मेयरले टेन्डरमा समेत पुगेको अस्पताल बनाउन नदिएको आरोप लगाउदै राजिनामा माग गरेका छन । साथै उनले भने अन्य बिकासका कार्य, सुशासन , समाजिक सत्भावमा समेत खलल हुने कार्यहरू गर्दै आएका छन। समाजमा भेगिय द्वन्द्व गराउदै जनताको टाउका फुटाउदै आएका छन । आफु भागेर कुर्सि जोगाउने काम मात्र भएको र सबै भन्दा ठुलो अपराध त जनताको स्वास्थ्य सेवा पाउनु पर्ने अधिकारको हनन गर्दै जनता जनता बिच द्वन्द्व गराएका हुनाले नगरप्रमुख को निर्वाचन आयोगमा उजुरी गर्दै राजिनामा माग गर्ने बताएका छन। उनले चेतावनि दिदै चर्को आन्दोलमा जाने जनाएका छन।