काठमाडौँ ः आज मेलौलीमा भएको बस दुर्घटनामा धेरै जनाको ज्यान रुखले जोगाएको छ। बस सडकबाट करिब ५० मिटर तल खसेर रुखमा अड्किदा ४१ जनाको ज्यान जोगिएको हो। पञ्चेश्वरबाट महेन्द्रनगर जादैं गरेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस मेलौली नगरपालिका–०७ स्वाखानी दिउसो १ बजे दुर्घटना भएको हो।
बस दुर्घटना भई खसेपछि रुखमा अड्किदा ४१ जानाको ज्यान जोगिएको हो। बसको ब्रेक फेल भई दुर्घटना भएको जनाईएको छ। बस रुखमा नअड्किएको भए धेरैको ज्यान जान सक्ने बताईएको छ। रुखका कारण ४१ जना घाईते भई बाच्न सफल भएको धेरैको भनाई रहेको छ। घाईतेहरुलाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ।
दुर्घटनामा एक जनाको भने निधन भएको छ। ज्यान गुमाउनेमा पञ्चेश्वर गाउँपालिका–०६ रन्तोलीका ३६ वर्षीय उमेश भण्डारी रहेका छन। दुर्घटनामा परेका भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो।
मेलौलीमा भएको यो दुर्घटना घाईते ब्यक्ति अनुसार अहिले सम्मकै ठुलो दुर्घटना हो। यो घटना घटेपछि बैतडीको तल्लो स्वराडका नागरिकहरु शोकमा डुबेका छन। घाईतेहरु अधिकांश गम्भीर अवस्थामा रहेका छन।
दुर्घटनामा अधिकांश मेलौली नगरपालिका, शिबनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकहरु रहेका छन। बैतडीको तल्लो स्वराड क्षेत्रका अधिकांश सडकहरुको अवस्था नाजुक रहेको छ। कहिले हिलाम्य र कहिले धुलाम्य हुदा यहाका नागरिकहरु जहिल्यै पनि सास्ती खेप्दै आएका छन।
सरकारले बर्षौ पिच्छे यहाका सडको अवस्था सुधार गर्न बजेट बिनियोजन गरेको भएपनि खासै सुधार हुन सकेको छैन।