मेलौलीमा भएको बस दुर्घटनाले बैतडीको तल्लो स्वराड शोकमा डुबेको छ। मेलौली नगरपालिका, शिबनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकहरु बस दुर्घटनाले शोकमा डुबेका हुन।
३९ जना घाईते र एक जनाको निधन हुने गरी भएको बस दुर्घटनाले यहाका नागरिकहरु दुखि भएका छन। पञ्चेश्वरबाट महेन्द्रनगर जादैं गरेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस मेलौली नगरपालिका-०७ स्वाखानीमा दुर्घटना भएको हो। बस सडकबाट करिब ४०० मिटर तल खसेर रुखमा अड्किएको थियो। बस दुर्घटनाको कारण भने अहिले सम्म खुल्न सकेको छैन।
यसैगरी दुर्घटनामा अहिले सम्म एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा पञ्चेश्वर गाउँपालिका–०६ रन्तोलीका ३६ वर्षीय उमेश भण्डारी रहेका छन। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १६ जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ। अन्य घाइतेको मेलौलीमा उपचार भइरहेको छ। घाइतेहरुको परिचय खुल्न सकेको छैन्।
घाईते भएकाहरु अधिकांश गम्भीर अवस्थामा रहेका छन। बैतडीको तल्लो स्वराड क्षेत्रका अधिकांश सडकहरुको अवस्था नाजुक रहेको छ। कहिले हिलाम्य र कहिले धुलाम्य हुदा यहाका नागरिकहरु जहिल्यै पनि सास्ती खेप्दै आएका छन।
सरकारले बर्षौ पिच्छे यहाका सडको अवस्था सुधार गर्न बजेट बिनियोजन गरेको भएपनि खासै सुधार हुन सकेको छैन।