काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सचिवालय प्रमुखमा पूर्व सचिव केदार बहादुर अधिकारी मनोनीत भएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अधिकारीलाई सचिवालय प्रमुख मनोनयन गरेका हुन् ।
नेपाल सरकारको सचिव पदबाट अवकाशपछि अधिकारी राप्रपामा प्रवेश गरेका थिए । उनी राप्रपा केन्द्रीय सदस्य समेत छन् ।
अधिकारीले स्थानीय विकास,पर्यटनलगायत मन्त्रालयमा सचिव भएर काम गरेका थिए ।