मेलौली नगरपालिका–०९ ले भोलीबाट टोलभेला गर्ने भएको छ। आर्थिक बर्ष २०८०/०८१ का लागि बस्ति र टोलभेलाबाट योजना तथा कार्यक्रम छनौट गर्नका लागि टोलभेला गर्ने वडा अध्यक्ष लोकराज भट्टले बताए।
भोली कोल्तडी, काकडी, जिमरा र सुर्काल टोलको टोलभेला तोलीगडामा बिहान ११ बजे हुने जनाईएको छ। यसैगरी भोली नै असुर टोलको टोलभेला शिब आबि असुरमा दिउसो २ बजे हुने एक सुचना जारी गर्दै जानकारी गरिएको छ।
पर्सि कलमटा, तल्लागाँउ, बर्तोला र रोकटा टोलको टोलभेला बिशालपुर माबिमा बिहान १० बजे बस्ने जनाईएको छ। टोलभेलामा उपस्थित भईदिन सबै वडाबासिलाई अनुरोध गरिएको छ।