कैलालीमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–१२ कुभिजालका भीमबहादुर खत्रीकी छोरी ६ वर्षीया गिता खत्रीको खोलाले बगाउँदा मृत्यु भएको हो। शुक्रबार स्कुलबाट फर्किने क्रममा खहरे खोलामा बगेर बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।