काठमाडौं- अर्को साताबाट सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा १६ जनाको अन्तिम टोली घोषणा गरेको हो।
विश्वकप छनौट खेलेका ४ खेलाडी बाहिर राख्दै नेपाली टोली घोषणा गरिएको छ ।
टोलीमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई विश्राम दिएकोछ भने सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनाल खनालले पूनरागमन गरेका छन् ।
सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी फ्रेन्चाइज लिग ग्लोबल टी–ट्वान्टी क्यानडामा आबद्ध भएका कारण टोलीमा नपरेका हुन् । करण र ज्ञानेन्द्रलाई विश्राम दिइएको छ ।
नेपालले १३ जुलाई देखि २३ जुलाईसम्म श्रीलंकामा हुने एसीयाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ए टिम तथा अन्य तीन टोलीले सहभागीता जनाउँदै छ ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो। उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमान इमर्जिङ कप खेल्दै छन् ।
इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ ।
नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ ।
२१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । २३ जुलाईमा प्रतियोगिताको फाइनल खेल हुनेछ ।
नेपालको टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, , कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ अटाएका छन् ।