काठमाडौँ ःकैलाली र कञ्चनपुरबाट शुक्रबार लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कैलालीका विभिन्न ठाउँबाट ६ र कञ्चनपुरबाट २ गरि १० जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट ६३० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–७ का २८ वर्षीय विनोद पुनमगर र गोदावरी–२ का १८ वर्षीय विरेन्द्र बिष्टलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले शंकालागि चेकजाँचगर्दा उनीहरुको साथबाट लागुऔषध फेलापारी से २ प १६३८ नम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको हो । धनगढी–३ बाटै ८०० मिलिग्राम लागुऔषधसहित धनगढी–२ का २७ वर्षीय रोहित बुढाथापालाई पक्राउ गरिएको छ ।
यस्तै गोदावरी नगरपालिका–१ धनगढी रोडमा गेटा–५ का २८ वर्षीय दिपेन्द्र अवस्थीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिइएको प्रहरी टोलीले शंका लागि चेकजाँचगर्दा उनको साथबाट लागुऔषध फेलापारी पक्राउ गरिएको हो ।
यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवा जंगलबाट एक ग्राम लागु औषधसहित चारै जनालाई बिहीबार राती प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले खानतलासी गर्दा लागुऔषध फेला पारी सोही ठाँउका २२ वर्षीय आकाश चौधरी, २१ वर्षीय प्रितम सोप, २१ वर्षीय बिमल शाही र २८ वर्षीय प्रोसेश सोपलाई पक्राउ गरेको जनाएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रहमदेवमा वेदकोट नगरपालिका–१० नँयागाउँका २७ वर्षीय हरेन्द्र धामी र वेदकोट–७ सुडाका २१ वर्षीय नबिन डगौरालाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिईएको प्रहरी टोलीले शंका लागि चेकजाँचगर्दा दुबैजनाको साथबाट १०२ पिस(सिसी) फेनारगन लागुऔषध फेलापारी पक्राउ गरेको हो ।