काठमाडौं। एसीसी यू १६ इस्ट जोन कपको अहिले भइरहेको फाइनलमा नेपालले मलेसियालाई विशाल लक्ष्य दिने देखिएको छ।
पहिला ब्याटिङ गरिरहेको नेपालले ३१ ओभरमा ४ विकेट गुमाएर २१५ रन जोडेको छ। नेपालका लागि नरेन भट्ट ९३ रनमा खेल्दैछन्।
उनले ७८ बलमा दुई छक्का र ९ चौका प्रहार गरेका छन्। नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो भने पाँचौँ विकेटका लागि ८८ रनको साझेदारी भइसकेको छ।
निरज कुमार यादवले ४७ रन बनाए। लिग चरणमा यी दुई टोली भिडेकामा मलेसिया ९९ रनमा समेटिएको थियो। दुवै टोलीले ३५र३५ ओभर ब्याटिङ गर्नेछन्।