सांसद ज्ञानेन्द्र शाही भोलि नेपाल फर्किने भएका छन। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदिय दलका प्रमुख सचेतक एंव सांसद ज्ञानेन्द्र शाही भोलि साझँ ८: ३५ बजे नेपालको त्रिभुवन विमानस्थलमा आईपुग्ने भएका छन।
सांसद शाही असार १गते अष्ट्रेलियाको सिडनी स्टेटमा गैर आवासिय नेपाली संघ द्वारा आयोजना गरिएको च्यारेटि सो प्रोग्राममा सहभागी भई त्यसपछिका दिनहरूमा राप्रपा निकट प्रबासि संगठन प्रबासि नेपाली एकता समाज र आईसिसिको आयोजनामा गरिएका बिभिन्न भेटघाट कार्यक्रम र अष्ट्रेलियन सरकारका प्रतिनिधि संगको भेटघाट सफल्ता पुर्वक सकेर भोलि नेपाल फर्किने भएको जानकारि उनको निजि सचिवालयले बताउनु भएको छ।
सांसदको निजि सचिवालयका अनुसार अष्ट्रेलियामा रहेका सम्पुर्ण नेपाली दाजुभाई आफन्तजन र कार्यक्रम आयोजक संघ संस्था र बिशेश गरि NRNAका अध्यक्ष नरेश गुरूङ र आईसिसि, पानसका सम्पुर्ण पदाधिकारी तथा सदस्य साथिहरू सबैलाई हार्दिक आभार र धन्यबाद व्यक्त गर्दै शाही नेपाल फर्किने भएका छन ।