विराटनगर : कोशी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ। प्रदेशसभाको तेश्रो अधिवेशनमा संसदीय दलका नेताहरूले बोलेपछि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गरेका हुन्।
प्रदेशसभाको तेश्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको आफूलाई मत माग्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकार गठनको आह्वान गरेका हुन्।
प्रदेश सरकारमा रहेको माओवादी र जसपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु पर्ने अवस्था आएको हो।
प्रदेशको राजनीतिक स्थायित्व कायमलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ।