काठमाडौँ ः बैतडीको पुर्चौडि नगरपालिका– ०७ ले एकल महिलालाइ बाख्रा बितरण गरेको छ। भेटेरेनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीको आर्थिक सहयोग, र वडा नः ७ को पहलमा आज बुधबार बाख्रा बितरण गरिएको हो। आफ्नो वडाभित्र रहेका १५ जना एकल महिलालाइ उन्नत जातको बाख्रा बितरण गरिएको वडा अध्यक्ष धिरेन्द्र बहादुर बमले बताए। २०बर्ष देखी ५० बर्ष उमेर समुहका एकल महिलालाइ बाख्रा बितरण गरिएको जनाइएको छ।
जिवन यापन गर्न थोरै भएपनी सहज होस भन्ने उदेश्यका साथ बाख्रा बितरण गरिएको जनाईएको छ।
डडेल्धुराको अजयमेरुमा गरिब तथा बिपन्न बर्गलाई बाख्रा वितरण गरिएको छ। अजयमेरु गाउँपालिका-०५ देवल दिव्यपुर र वडा नः ०६ राजुल जनचेतनामा बाख्रा वितरण गरिएको वडा नः ०६ का वडा अध्यक्ष हरिसिह भण्डारीले बताए।
गरिब सगं विश्वेश्वर कार्यक्रम अन्र्तगत बाख्रा वितरण गरिएको जनाईएको छ। दुईटै वडाका दश/दश परिवारलाई एउटा/एउटा बाख्रा बितरण गरिएको वडा अध्यक्ष भण्डारीले बताए। जिवन यापन गर्नका केहि सहज होस भनेर बाख्रा वितरण गरिएको जनाईएको छ।
बाख्रा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बसन्ती पाल सहित सम्बन्धि वडाका जनप्रतिनिधि र स्थानियहरुको उपस्थिति रहेको थियो। गरिव र बिपन्नको जिवन यापन गर्नमा सहयोग पुगोस भनि बाख्रा वितरण गरेकोमा स्थानियहरुले धन्यबाद ज्ञापन गरेका थिए।