काठमाडौं : बजेट पारित गर्न मत विभाजन हुने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनको माग गरेपछि सभामुख देवराज घिमिरेले मत विभाजनको प्रक्रिया अगाडि बढाएका हुन्।
एमालेका सचेतक महेश बर्तौलाले ‘हुन्न’ भन्ने पक्षको स्पष्ट बहुमत नदेखिएकाले मत विभाजनको माग गरेका हुन्।
यसअघि बजेटको विरोध गर्दै प्रतिपक्षी दलहरू एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले सदन अवरोध गरेका थिए।