प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै छन्।
प्रधानमन्त्री प्रचण्डले विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय,राष्ट्रपतिको कार्यलय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
प्रधानमन्त्रीको जवाफपछि सभामुखले खर्च कटौतीबारे विभिन्न सांसदहरूले राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव पेस गर्नेछन्।
आजको बैठक बिहान ११ बजे बस्नेछ।