बैतडीको दशरथचन्द नगरपालिकाले विभेदपुर्ण लिङ्ग छनोट अन्त्यका लागि पन्चवर्षिय योजना बनाएको छ । नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ देखी २०८५÷०८६ सम्म लागू हुने गरि सो पन्चवर्षिय योजना निमार्ण गरिएको नगरप्रवक्ता एवं वडा नम्बर ३ का वडाअध्यक्ष अजव पाण्डेयले जानकारी दिए । लैङ्गिक विभेद अन्त्य गर्नको लागि ५ वर्षभित्र विभिन्न कार्यक्रम गरिने उनले बताए ।
दशरचन्द नगरपालिकामा लिङ्ग पहिचान गरि भूर्ण हत्याका घटना समेत बढ्दै गएको पाइएको छ । दशरगचन्द नगरपालिकामा बालकको तूलनामा बालिकाको संख्या कम रहेको छ ।
अभिभावक र सरोकारवालाई विभेदपुर्ण लिङ्ग छनोटका बारेमा सचेतनामुलक कार्यक्रम गरिने बताइएका छ । मंगलबार विभेदपुर्ण लिङ्ग छनोट अन्त्यका लागि पन्चवर्षिय योजना प्रमाणिकरण कार्यशाला गोष्टि पनि सम्पन्न भएका छ ।