डडेलधुरा-धनगढी सडकमा विद्युतीय बस सञ्चालनमा हुने भएको छ। बुधबारदेखि डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा नियमित रूपमा सञ्चालन हुन लागेको हो।
बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टका अनुसार भोलिदेखि बिहान ८ बजे डडेल्धुराबाट धनगढीसम्म र दिउँसो साढे २ बजे अत्तरियाबाट डडेलधुरासम्म नियमित रूपमा विद्युतीय माइक्रो बस सञ्चालन हुनेछ। डडेलधुरा-धनगढीसम्मको भाडा ५५० कायम गरिएको छ।
विद्युतीय बसका लागि चार्जिङको समस्या हुने देखिन्छ। चार्जका लागि चार्ज स्टेसन निर्माण गर्नुपर्ने सञ्चालकको भनाइ छ।