बैतडी नरेश नायक –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं १ को वसन्तपुर बजार र हाटमा खानेपानी पुगेको छ । पुर्चौंडी नगरपालिका र त्रिवेणी स्वस्थ वातावरण समूहको संयुक्त लगानिमा खानेपानी योजना सम्पन्न भएको वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए ।
युनिसेफ नेपालसंगको सहकार्यमा त्रिवेणी स्वस्थ वातारण समूहको २० लाख र पुर्चौंडी नगरपालिकाको २० लाख गरी ४० लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको वडा अध्यक्ष गडालले बताए ।
मुसाइल–हाट खानेपानी योजना अन्तर्गत बजार र गाउँका घरघरमा धारा पुगेपछि स्थानीयबासीहरु खुसी भएका छन् । खानेपानीको अभाव रहँदै आएको हाटमा घरघरमा धारा पुगेपछि खुसी लागेको स्थानीय सरोज बमले बताए ।
खानेपानीको समस्या भएको हाटमा खानेपानी पुगेको पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बमले बताए । स्थानीयहरुको माग र आवश्यकता अनुसार खानेपानी योजना निर्माण गरिएको उनले बताए ।
खानेपानी योजना सम्पन्न भएपछि वसन्तपुर बजार र हाट गाउँका झण्डै दुई सय घरधुरी लाभान्वित भएका छन् । घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीयबासीहरु खुसी भएका हुन् ।
पुर्चौंडी नगरपालिका वडा नं ७ स्थित पैराखोला मूहानबाट खानेपानी ल्याइएको वडा अध्यक्ष गडालले बताए ।