बैतडी नरेश नायक- बैतडीको सुर्नया गाउँपालिका ४ मा बाल टोल भेला स्म्पन्न भएको छ । मंगलबार सुर्नया बाल सञ्जालको वडा नं ४ को आयोजना र गाउँपालिकाको सहयोगमा वडा नं ४ स्थित राष्ट्रिय मावि फाटीगडामा र उदयदेव मावि पालिगडामा बाल टोल भेला सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८०÷८१ मा सुर्नया गाउँपालिकामा बालबालिकाको अर्थपूर्ण सहभागिता र बालमैत्री पालिका बनाउन बाल टोल भेला गरिएको सुर्नया बाल सञ्जालका अध्यक्ष निरेश भट्टले जानकारी दिए ।
आज केहि टोलमा गरिएको र अन्य टोलहरुमा पनि छिट्टै गरिने उनले बताए । बालबालिकाको अर्थपूर्ण सहभागिता गराएर उनिहरुको हकअधिकारका लागि आफुहरु लागि परेका अध्यक्ष भट्टले बताए । कार्यक्रममा सुर्नया बालसञ्जालका पूर्व अध्यक्ष बिशाल भट्टको पनि सहभागिता रहेको थियो ।