बैतडी– जिल्ला अस्पताल बैतडीमा भोलि मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । भोलि बुधवार असार १३ गते शिविर सञ्चालन हुने भएको हो ।
जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ डाक्टर आउने अस्पतालले जनाएको छ । भोलि काठमाण्डौंबाट जिल्ला अस्पताल बैतडीमा मनोरोग विशेषज्ञ डाक्टर निराजन भट्टराई आउने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिंह दोबालले जानकारी दिए ।
विशेषज्ञ डाक्टर आउने जनाउदै जिल्ला अस्पताल बैतडीले समस्या भएकालाई सेवा लिन आग्रह गरेको छ । शिविरमा निशुल्क परीक्षण गरिने बताइएको छ ।