बैतडीको पाटन नगरपालिका आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६३ करोड बढीको बजेट ल्याएको छ। आइतबार नगर उपप्रमुख कमलसिंह बोहराले नगर सभामा ६३ करोड ५३ लाख ६२ हजार २१० रुपैँया बराबरको बजेट बजेट प्रस्तुत गरेका हुन्।
पाटनले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख गौरिसिंह रावलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए।