काठमाडाैँ ः राप्रपाका सह महामन्त्री श्याम ब. शाहीले राप्रपा प्रवक्ता एंव संसदिय दलका प्रमुख सचेतक संसद शाहीको अष्ट्रेलिया भ्रमणको क्रममा अष्ट्रेलियाका पुर्ब सभामुख संसद हरूसंगको भेटमा बोलिएको नेपाली भाषालाइ लिएर नेपाली सर मुदायमा भएको टिकाटिप्पणी का बारे अर्थहिन कुरा गर्ने भ्रमित कुरा प्रति घोर आपत्ति जनाएका छन ।
उनलेआप्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ,राप्रपाका प्रवक्ता एव संसदीय दलका प्रमुख सचेतक माननीय सासद ज्ञान बहादुर शाहिले अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल र नेपाली जनताकाे अवस्था र बर्तमान नेपालकाे पछिल्लाे राजनितिक अवस्थाका बारे नेपालकाे राष्ट्रिय भाषा नेपालिमा व्यक्त गरेका अभिव्यक्तिलाई लिएर नेपालका केही पराधिन मानसिकताका आत्मसमर्पणवादि लाछि हुतिहारा,परनिर्भर,डरछेरुवाहरुले ज्ञान बहादुर शाहिकाे बढदाे लाेकप्रियता र राष्ट्रवादि छविलाई धुमिल्याने दुस्साहस गरेकाे समचार प्रति मेराे गम्भीर ध्यानाकर्षण भएकाे छ यस्ताे नेपाली भाषा बिराेधि अभिव्यक्तिकाे घाेर निन्दा र भर्त्सना गर्दछु। आफ्नाे राष्ट्रिय भाषामा बाेलेकाे बिषयमा गाैरव गर्नु पर्ने ठाउमा आलाेचनाकाे बिषय बनाउनु झण्डै तीन कराेड स्वाभिममनि नेपालिकाे अपमान गर्नु हाे।
यस्ताे नितान्त व्यक्तिगत रिस,डाहा,आग्रह पुर्वाग्रहपुर्ण अभिव्यक्तिकाे जति निन्दा गरे पनि कमै हुन्छ। शाहीले यस्ता असान्दर्भिक बकम्फुसे बिराेध र आलाेचनाले ज्ञान बहादुर शाहि र राप्रपाकाे उचाइमा थप बृद्धि भएकाे छ। भन्दै संसद शाहीको थप प्रसंसा समेत गरेका छन ।