काठमाडौँ ः बैतडीको पाटन नगरपालिका आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ६३ करोड ५३ लाख ६२ हजार २१० रुपैया बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुख कमल सिंह बोहराले नगर सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
पाटन नगरपालिकाले आगामी आर्थिक वर्षको लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख गौरि सिंह रावलले शिक्षा क्षेत्र पहिलो प्राथमिकतामा रहेको र त्यसपछि क्रमैसँग स्वास्थ्य र कृषिलाई क्रमागत प्राथमिकता दिएको बताएका छन् ।
