बैतडी नरेश नायक-मेलौली नगरपालिका नगर-प्रमुख भिम बहादुर चन्दको समाजिक सञ्जाल फेसबुकमा चरित्र हत्या गरिएको भन्दै नगरपालिकाले ध्यानाकर्षण गरेको छ। जनजागरण मेलौली नामक फेसबुकबाट नगर–प्रमुख चन्दको चरित्रहत्या गरिएको भन्दै ध्यानाकर्षण भएको जनाईएको छ।
जनजागरण मेलौली नामक फेसबुक आईडीबाट नगर–प्रमुख चन्द लामो समय देखि हत्यारा गोरख सुनारको घरमा डेरा गरि बसेका र बिगतमा मेलौली मन्दीरको सुनचादी लुटेर निजलाई नै बुझाएको खुल्न आएको छ। हत्या, आतङ्क र भ्रष्टाचारमा नगर प्रमुखको पनि सग्लनता रहेको आशंका भनि स्टाटस् पोष्ट गरिएको थियो।
आईतबार नगरपालिकाले एक बिज्ञप्ती निकाल्दै ध्यानाकर्षण भएको जनाएको छ। नगर–प्रमुख चन्दको आवास बिषयमा लेखिएको भ्रमाक स्टाटस प्रति ध्यानाकर्षण गर्दै घोर भत्र्सना गरिएको छ।
बिज्ञप्तीमा लेखिएको छ,“ लोकतन्त्रको शुन्दर उपहार अभिब्यक्ति स्वतन्त्राको धज्जी उडाउने, अर्खाको अस्तीत्व स्वीकार गर्न नसक्ने, चुनाबको पराजय स्वीकार गर्न नसकि फेक आईडी सिर्जना गरी नगर प्रमुखलाई समय समयमा गरिएको आक्रमणलाई क्षम्य गर्न सकिदैन,।
यसैगरी जनतामा बढ्दै गएको लोकप्रियताबाट डराएका तुच्छ असभ्य, जंगली अपराधिक तरिकाले होईन खुल्ला तरिकाबाट बहस गर्न चुनौती दिदै आफुतिर फर्केर हेर्न आग्रह गर्दछु, बिज्ञप्तीमा लेखिएको छ। झुट्टा कपोकल्पीत कुरा समाजिक सञ्जालमा राखि समाजिक सद्भाब बिग्रार्ने कुतत्वलाई कानुनी दायारामा ल्याउन आग्रह गर्दछु उल्लेख गरिएको छ।
नगरपालिकाबाट प्रभाह हुने सेवा सुबिधा प्रति कसैको गुनासो भए नगरपालिकाको उजुरी पेटिकामा उजुरी हाल्न सकिने नगरपालिकाले जनाएको छ। नगरबासिलाई भ्रामक कुराबाट सचेत रहन समेत बिज्ञप्ती मार्फत आग्रह गरिएको छ।
नगर प्रमुख चन्द बस्दै आएको घरका घरबेटी गोरख दयाललाई यहि असार ३ गते एउटि महिलाको हत्या गरेको अभियोगमा प्रक्राउ गरेको थियो। डडेल्धुराको भागेश्वर गाउँपालिका–०३ लामीकाँडेकी ३६ बर्षीया गीतादेवी मल्ल मृत्यु प्रकरणमा प्रहरीले झण्डै दुई बर्षपछि दयाललाई पक्राउ गरेको हो।
२०७८ साल साउन ८ गते गीता मृत अवस्थामा फेला परेकी थिइन्। बैतडीको मेलौली नगरपालिका ५ सेरा माइती घर आउँदै गरेकी गीता मृतअवस्थामा फेला परेपछि प्रहरीले सो घटनाको अनुसन्धान गरीरहेको थियो। गीताको शव मेलौली नगरपालिका ७ ल्वाथलीमा फेला परेको थियो।
गीताको शव आफूले फालेको दयालले प्रहरी समक्ष बयान दिएका छन्। तर उनको मृत्युको कारण भने अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बता । उनलाई मारेर फालेको हो अथवा अन्य केही कारण हो भन्ने बिषयमा खुल्न बाँकी रहेको उनको भनाइ रहेको छ।
नगरपालिकाले निकाले बिज्ञप्ती।

जनजागरण मेलौली फेसबुकबाट पोष्ट गरिएको स्टाटस् ।
