काठमाडौँ ः बैतडीमा १२ हजार बराबरको म्याद नाघेका अखाद्य बस्तु नष्ट गरिएको छ । शनिवार मेलौली नगरपालिकाको काडाबजार, सलेना र पाटन नगरपालिकाको ठाड बजारमा सञ्चालनमा रहकेका ३६ ओटा पसलमा अनुगमन गर्दा १२ हजार बराबरका म्याद नाघेका अखाद्य बस्तु नष्ट गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय बैतडीको नेतृत्व तथा जिल्ला प्रशासन कार्यालयको सहयोगमा उक्त बजारका पसलहरुमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण सिंह साउँदले जानकारी दिए ।
यस्तै अनुगमनका क्रममा २ ओटा पसललाई कारवाही समेत गरिएकोछ । म्याद नाघेका सामान गर्ने विक्री बितरण गर्ने , अनुगमनमा सहयोग नगर्ने पसलहरुलाई २५ हजार जरिवाना गरिएको सूचना अधिकारी साउँदले बताए । साउँदका अनुसार एउटा पसलबाट २० हजार र अर्काेलाई ५ जरिवाना असुल गरिएको हो ।
बैतडीमा संयुक्तबजार अनुगमन टोलीले अनुगमन गरिरहेको भएपनि म्याद नाघेका सामान विक्री बितरणमा कमी आउन सकेको छैन्