काठमाडौं । जनता समाजवादी पार्टीले चुनावमा अन्तर्घात गरेको भन्दै ५ जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ ।
शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गरेको हो ।