आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ओमानले कमजोर ब्याटिङ गरेको छ।
शुक्रबार समूह ‘बी’ को खेलमा ओमानलाई श्रीलंकाले ३०.२ ओभरमा ९८ रनमा अलआउट भयो।
जिम्बावेको बुलावायोमा भएको खेलमा ओमानका लागि जतिन्दर सिंहले २१ रन जोड्दा अयान खानले सबैभन्दा बढी ४१ रन बनाए।
यस्तै फयज बट नटआउट १३ रन जोड्दा ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा श्रीलंकाका विनन्दू हर्षरंगाले ५ विकेट लिए। उनले ७.२ ओभरमा ३ मेडन राख्दा १३ रन मात्र खर्चिए। लाहिरू कुमाराले ३ विकेट लिए।
समूहमा ओमानले यसअघि दुई खेलमा जित निकालेको थियो। पहिलो खेलमा जित निकालेको श्रीलंकाले आफ्नो दोस्रो खेल खेलिरहेको छ।