चट्याङ लागेर बैतडीमा तीन पशुचौपाया मरेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका १ कनेडापानीका प्रेमसिह भण्डारीले पालेका २ भैसी र १ बाख्रा मरेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो। गएराति भण्डारीको घर नजिकै रहेको विद्युतको तारमा चट्टयाङ पर्न गई निजको घर गोठमा बाधेका २ ओटा भैसी एउटा बाख्रा मरेको हो।
साथै उक्त चट्याङबाट दुई ओटा मोबाईल, बिधुतको मिटर बक्स, सम्पुर्ण घरको वाईरिङ तार जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यस्तै चट्याङका कारण दार्चुलाको महाकाली नगरपालिका ९ थाप्लाकी २८ वर्षीया की कौशा देवी धामी घाइते भएकी छन्। घाइते कौशाको दाहिने हात, खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ।
धामीको स्थानिय थाप्ला स्वास्थ्य चौकीमा उपचार भईरहेको छ। आज बिहान परेको चट्याङले कौशाले पालेको एक भैंसी मरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।