बैतडी नरेश नायक– बैतडीमा नेपाल रेडक्रस सोसाइटीको पालिका स्तरिय सिकाई आदान–प्रदान कार्यशाला सम्पन्न भएको छ । जिल्लाको मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा सो कार्यशाला सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी बैतडी जिल्ला शाखाले र सुरक्षित नेपाल परियोजनाको आयोजनामा उक्त कार्यशाला सम्पन्न भएको बताइएको छ ।
बुधबार मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्दको प्रमुख आतिथ्यता तथा रेडक्रस सोसाइटीका मन्त्री रमेश भण्डारीको सभाध्यक्षतामा सो आदान प्रदान कार्यशाला सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी बैतडी जिल्ला शाखाका फिल्ड कोर्डिनेटर कमला राईले बताइन् ।
उक्त कार्यक्रममा नगरपालिकाकी उप–प्रमुख पार्वती बोहरा विष्ट, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सदस्य सुरत पार्कि, स्थानिय विपद जलवायु उत्थानशील समितिका संयोजक, वडा अध्यक्ष, कार्यपालिका सदस्य, ईलाका प्रहरी कार्यालय मेलौलीका प्रतिनिधि, मेलौली नगरपालिकाका वडा नम्बर ८ र ९मा कार्यक्रम लागु भएका तीन वटा विद्यालयका प्रधानाध्यापकहरुको समेत उपस्थिति थियो ।
यस्तै पञ्चेश्वर गाउँपालिका–३ कुलाउँमा पनि बुधबार सिकाई आदान–प्रदान कार्यशाला सम्पन्न भएको राईले बताइन् । गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द, नेपाल रेडक्रस सोसाइटी बैतडी शाखाका सभापति विष्णु दत्त अवस्थिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको उनले बताइन् ।
उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विना भट्ट, स्थानिय विपद जलवायु उत्थानशील समितिका संयोजक, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको समेत उपस्थिति थियो ।
समितिले हालसम्म गरेका असल सिकाईको प्रस्तुतीकरण, समितिले तयार गरेको बहस पैरवी योजनामा छलफल गरिएको थियो ।
यस्तै उक्त कार्यक्रम कार्यान्वयन गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता समेत गरिएको सामुदायीक प्रशिक्षक रुपक कठायतले बताए ।
यस्तै सो कार्यक्रम पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर १ र मेलौली नगरपालिका वडा नम्बर ८ र ९ मा कार्यक्रम भइरहेको भएको उनले बताए ।