बैतडी नरेश नायक– बैतडीको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा क्वाटरली एआरटी मिटीङ गरिएको छ ।
एचआई भी संक्रमीतको निःशुल्क जाँच, परामर्श, हेरचाहमा थप सहयोग गर्नका लागि एनएपिएन र बैतडी प्लासले सो मिटिङ गरेको हो ।
एनएपिएन र बैतडी प्लासले संक्रमितहरुलाई आर्थिक सहयोग, सिपुलक तालीम, उनीहरुको व्यवस्थापन लगायत विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।
मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, उपप्रमुख पार्वती बोहरा विष्टको उपस्थितिमा सो मिटिङ गरिएको एचए सरोज भट्टले बताए ।
उक्त मिटिङमा जनप्रधिनिधिसंग संक्रमितको पोषण, पौष्टिक सहयोग, आयमुलक, सीपमुलक लगायतका कार्यक्रम गर्न सहयोग गर्न अनुरोध समेत गरिएको भट्टले बताए । उक्त मिटिङमा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्य केन्द्रका प्रसाशकिय अधिकृत लगायतको सहभागिता रहेको थियो ।
अहिले केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रबाट १० जना महिला र १५ जना पुरुष गरि २५ जना एचआईभी संक्रमितले सेवा लिरहेका छन् ।
सरकारले एचआईभी संक्रमितको निःशुल्क जाँच गर्ने गरेको भएपनि जनप्रतिनिधिसंग पनि नयाँ आर्थिक वर्षमा संक्रमितको थप सहयोगका लागि आर्थिक सहयोगको जोहो गर्न माग गरिएको भट्टले बताए ।
उनले जनप्रतिनिधिले संक्रमितका समस्या नयाँ आबमा समेट्ने प्रतिबद्धता गरेको बताए ।