बैतडी नरेश नायक-शिबनाथ गाउँपालिका–०६ ले भोलीबाट टोलभेला गर्ने भएको छ। आर्थिक बर्ष २०८०/०८१ को लागि वडा अन्तर्गतका योजनाहरु छनौट गर्नका लागि टोलभेला सञ्चालन गर्ने वडा अध्यक्ष भरतराम पार्किले बताए।
भोली पहिलो दिन मल्लिमड, भैसीखर्क र सैनगढी टोलको टोलभेला सुल्लेखानमा हुने वडा अध्यक्ष पार्किले बताए। यसैगरि पर्सि कानली टोलको टोलभेला बिहान ८ बजे कृष्ण आधारभुत बिद्यालय र बसेडी टोलको टोलभेला जिम्मेश्वर आधारभुत बिद्यालयमा बिहान ९ बजे सञ्चालन हुने उनले बताए।
शनिबार डाडाकोट र बसेडीभ्वा टोलको टोलभेला मटागाउमा बिहान ८ बजे सञ्चालन हुने जनाईएको छ। आफ्नो टोलको टोलभेलामा उपस्थित भईदिन सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध गरिएको छ।