हरिश भट्ट काठमाडौँ ः बैतडीको दशरथचन्द नगरपालिकाकी उप–प्रमुख कौशिला चन्दले सार्वजनिक कार्यक्रमममा दिएको अभिव्यक्तिको व्यापक विरोध भएपछी अन्ततः उनले क्षमा मागेकी छन् ।
२१ जेठमा आयोजीत जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसमा उनले दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएपछी उनले माफी मागेकी हुन् ।
बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै चन्दले आफ्नो बोली र व्यवहारका बिषयमा गल्ती स्वीकार गरेको देखिन्छ ।
उनले जारी गरेको प्रेस विज्ञप्तीमा लेखेकी छन्,‘यदि मेरो भनाई र व्यवहारमा कहि कतै जातीय विभेद गर्ने आशयको जस्तो महशूस भएको भए यहाँहरुको भावनाको उच्च सम्मान गर्दै नगर उप–प्रमुखका रुपमा क्षमा चाहन्छु ।’
यसअघि ३२जेठमा उनले नै जारी गरेको विज्ञप्तीमा आफ्नो गल्ती नभएको बताएकी थिइन् । उक्त विज्ञप्तीमा आफुलाई बदनाम गर्न खोजिएको बताएकी थिइन् । पहिला राजनितिक प्रतिसोधका आधारमा आफ्नो बदनाम गर्न खोजिएको बताएकी चन्दले अहिले भने कारवाहीको डरले क्षमा मागेको देखिन्छ ।
चन्दले सार्वजनिक रुपमा दिएको अभिव्यक्ति गलत भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । उक्त बिषयलाई लिएर राष्ट्रिय दलित आयोगले समेत विज्ञप्ती जारी गर्दै चन्दलाई कारवाहीको माग सहित सरकारको ध्यानाकर्षण गराएको थियो । जिल्ला स्थीत अधिकारकर्मी, नागरिक अगुवा, दलित भातृ संगठनहरुले समेत कानुनी प्रकृयामा जाने बताउदैँ आएका थिए ।
उप–प्रमुख चन्दले दिवसका दिन आयोजना गरिएको अन्तरक्रियामा जातीय विभेदलाई प्रश्रय दिने हिसावले अभिव्यक्ति दिएकी थिइन् । उनको प्रस्तुतिमा दम्भ र विभेद प्रस्टै झल्कीएको नागरीक अगुवाहरु बताउछन् ।
नगर उप–प्रमुख चन्दको अभिव्यक्तिमा भएको टिप्पणी यस्तो छ
– कुनैपनि विशिष्ट अतिथीले मन्तव्य राख्दा सबैभन्दा पहिला दिवसको शुभकामना व्यक्त गर्छन्, उपमेयर चन्दले शुभकामना व्यक्त गरिनन् । मन्तव्यको सु्रुमै भनिन्,“उसलाई जितायौ अब खुदो खाउ भन्ने कुरा आयो ।”
– उनले उक्त दिनलाई दिवस नबुझेर दलित र ठकुरीहरुका विचको बादविवाद कार्यक्रम बुझिन् र गाउँमै कसैसंग गफ गरिरहेको जस्तो भान हुने गरेर भनिन्,“यस कार्यक्रममा म र डिएसपी प्रेम शाही मात्रै ठकुरी छौँ, हामीलाई सुनाउन यो कार्यक्रम गरियो, सुनाउनुथियो भने, अरु ठकुरीहरुलाई समेत बोलाउनुपथ्र्यो ।”
– उनले गाउँघरमा पहिले देखि चलेका कुराहरुलाई विभेदका रुपमा नलिएर राम्रै चलनका रुपमा लिन सुझाइन् र भनिन्,“कसैले कसैलाई दाई भनेर बोलाउनु, ससुरा देख्दा टाउकोमा गम्छा राख्नु, सार्वजनिक ठाउँमा पानी नखानु यो आफ्नो इच्छाको कुरा हो ।” उनले यी शब्दहरुमा पृतिसत्तात्मक सोचहरुलाई प्रश्रय दिएको बुझिन्छ ।
उनको अभिव्यक्ति लगत्तै अधिकारकर्मी बलभद्र दयालले ८०बर्षको दलितलाई १५बर्षको गैर दलितले तँ भनेर बोलाउनु विभेद भएको र त्यसलाई कसैले प्रश्रय दिन नमिल्ले बताएका थिए ।
यसैगरी उनले आफु आफ्नै कार्यकक्षमा घरबाट ल्याएको रोटी खाने र पानी समेत कार्यकक्षमै मात्रै खाने तातोपानी पिउने बताएकी थिइन् । प्रत्युत्तरमा कार्यपालिका सदस्य प्रेम दयालले कार्यपालिका बैठक चलेका बेला तातोपानीको व्यवस्था हुदाँहुदैँ विभेद गर्ने उदेश्यले कार्यकक्षमै गएर पानी पिउने गरेको बताएका थिए ।
उपमेयर चन्दले कसैमाथी जातीय विभेद भएको खण्डमा आफ्नो न्यायीक समितिमा उजुरी लिएर आउन भन्नु पर्दथ्यो तर उल्टै भनिन्,“जातीय विभेद कतै भएको छैन्, विभेद भएको भए सिडियो, डिएसपी र मलाई उजुरी आउनुपथ्र्यो खोई उजुरी आएका ?” भनेकी थिइन् ।
उनले आफु गैर राजनितिक र सामाजिक अभियानमा कहिल्यै नजोडिएको कुरा बताएकी थिइन् । मन्तव्यमा भनेकी छन्,“म कुनै राजनितिक दल वा महिला अधिकारका बिषयमा नहिडेको महिला हुँ । स्वच्छ शिक्षण पेषाबाट आएको व्यक्ति हुँ ।”
उनले यस्ता शव्दहरु ब्यक्त गर्दैगर्दा पटक–पटक परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भनिरहेकि थिइन् । उनको कुरा सुनिरहेका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक सहित दर्जन बढी अधिकारकर्मीहरु हाँसिरहेका थिए भने, केहि व्यक्तिको अनुहारमा उनिप्रतिको आक्रोस देखिन्थ्यो ।
कार्यक्रमको रेडियो सेभेनस्टारले प्रत्यक्ष प्रशारण गरिरहेको थियो । उनको अभिव्यक्ति सञ्चारमाध्यममा सुनेका सयौँ व्यक्तिले तथानाम गालि गरेका छन् भने तर केहि व्यक्तिले बचाउ गरेका छन् ।
उप मेयरको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा गालिग्लौज गर्नु गलत छ । तर उनको यस अभिव्यक्तिले
उनको क्षमतामाथी भने प्रश्न उठाएको छ । भाइरल बनेको उनको यस अभिव्यक्तिका आगामी दिनमा भासण गर्दा सचेत हुनुपर्छ भन्ने कुराको आभाष पक्कै भएको हुनुपर्छ ।
कार्यपालिकामा सधैँ विभेद
दशरथचन्द नगरपालिकाकी उपमेयर चन्दले अनुगमन समितिमा एकजना पनि दलित जनप्रतिनिधि राखेकी छैनन्, न्यायीक समितिमा राखिएकी एकजना दलित सदस्यलाई हटाइ दिएकी छिन् ।
उनले वडा न.२बाट निर्वाचित वडा सदस्य निर्मला लोहारलाई न्यायीक समितिबाटै हटाएकी छन् । वडा सदस्य लोहारले भनिन्,‘मलाई न्यायीक समिती सदस्यमा राखेपछी पहिलो पटकको बैठकमा बोलाइयो, ७दिनको तालिममा सहभागी गराइयो, त्यसपछिका बैठकमा बोलाउन छाडीयो । मैले उपमेयर लाई दिदी किन मलाइ बोलाइएन् भनेर सोध्दा उहाँले मेरो ठाउँमा अर्कै व्यक्ति राखिसकेको बताउनुभयो । र मैले हटाएको हैन् कार्यपालिकाको बैठकबाट निर्णय गरेको हो भन्नुभयो ।’
तर न्यायीक समितिको सदस्य परिवर्तन गर्ने बिषयमा कार्यपालिकाको कुनैपनि बैठकमा निर्णय नभएको अरु कार्यपालिका सदस्यहरु बताउछन् ।