नरेश नायक धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका सुदूर पश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंह, उनकी श्रीमती र उनकी भाउजु बेहोस अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार चालक र सुरक्षा गार्डको अवस्था गम्भिर रहेको जिल्लाल प्रहरी कार्यालय बझाङका सूचना अधिकारी, प्रहरी निरिक्षक दिपेश चौधरीले स्टार बुलेटिनलाई बताए ।
मन्त्री सहित पाँच जना सवार गाडी आज दिउसो बझाङको केदारस्यूँ गाँउपालिका–१ को देउरामा दुर्घटनामा भएको थियो ।